बुधबार २३ माघ २०८१
बिश्वो

अवैध रूपमा अमेरिका बस्दै आएका एक सयभन्दा बढी भारतीय आप्रवासी डिपोर्ट

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25

काठमाडौं । अवैध रूपमा अमेरिका बस्दै आएका एक सयभन्दा बढी भारतीय आप्रवासी डिपोर्ट भएका छन्। १०४ जना भारतीय नागरिक बोकेको अमेरिकाको सैन्य जहाज बुधबार अमृतसरमा अवतरण गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। 

डोनाल्ड ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि अमेरिकामा अवैधरूपमा बसोबास गर्ने भारतीयलाई देश निकाला गरिएको यो पहिलो घटना हो ।

अमेरिकी सेनाको सी–१७ हरक्युलिस विमानमा राखेर उनीहरूलाई अमृतसर ल्याइएको हो । यसअघि उक्त विमानमा २०५ जना भारतीय रहेको बताइएको थियो । विमान अवतरण गरेपछि त्यहाँ १०४ जनामात्र रहेको खुलेको हो ।

विमानमा रहेकामध्ये ३० जना पन्जाब, ३३ जना गुजरात, ३३ जना हरियाणा, तीन जना यूपी र तीन जना महराष्ट्रका छन् । यस्तै, चण्डीगढका दुई जना रहेको जनाइएको छ । 

तपाईको प्रतिक्रिया