बुधबार २३ माघ २०८१
समाज

चितवन अदालतमा रविको बयान सकियो, आजैबाट थुनछेक बहस

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25

काठमाडौं । सहारा चितवन सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस सुरु भएको छ । लामिछानेको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो । 

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलास नं. २ मा उनको बयान चलेको थियो । थुनछेक बहसका लागि रवि लामिछानको तर्फबट बहस गर्ने अधिवक्ताहरुले आफ्नो नाम दर्ता गराएका छन् ।

लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ता सुवर्ण सापकोटा,नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता गराएका छन् ।

सहकारी पीडितको तर्फबाट अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् ।

सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरू बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गर्नेछन् ।

बहस जारी रहेको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया