समाज
प्रहरी कार्यालयभित्रै झुन्डिएको अवस्थामा महिला प्रहरी मृत भेटिइन्
बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25
काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए ।
दुई वर्षअघि मात्रै उनी प्रहरी सेवामा लागेकी थिइन् । उनी के कारणले भुन्डिइन् भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।
तपाईको प्रतिक्रिया