शनिबार १२ श्रावण २०८१
बिजनेस

फुङ्लिङ नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

बुधबार माघ २४, २०८०/ Wednesday 02-07-24

काठमाडौं । नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहनेगरी सोमबारदेखि फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ ।

उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उप मेयर भिमा देवि ओझाले एक समारोहका बिच उद्घाटन गरेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल बैंक, कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्य प्रकाश भट्टले गरेको थिए ।

उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिंग लगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुनेछन् ।

तपाईको प्रतिक्रिया