शनिबार १२ श्रावण २०८१
बिश्वो

नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कपको फाइनलमा

बिहीबार माघ २५, २०८०/ Thursday 02-08-24

काठमाडौँ ।नाइजेरिया र आइभरी कोष्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा आइभरी कोष्टले डिआर कंगोलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यस्तै, अर्को सेमिफाइनलमा नाइजेरियाले दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि सो खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

अब फाइनलमा नाइजेरिया र आइभरी कोष्ट आगामी सोमबार खेल्ने छन् । त्यस्तै सेमिफाइनलमा पराजित भएका दक्षिण अफ्रिका र डिआर कंगो तेस्रो स्थानको लागि खेल्ने छन्।

तपाईको प्रतिक्रिया