शनिबार १२ श्रावण २०८१
बिजनेस

ज्ञानश्री सहकारीको १५ औं वार्षिक साधारणसभा सम्पन्न

शनिबार माघ २७, २०८०/ Saturday 02-10-24

काठमाडौं । काठमाडौंको तिनचुलेमा रहेको ज्ञानश्री बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंकै ज्ञानमाला इंङ्लिस हाइ्र्रस्कुलको प्रांगणमा कार्यक्रम भएको हो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रतन लामाले गरेका थिए भने काठमाडौं महानगरपालिका वडा नं. ६ का समाजसेवीका रुपमा चिनिएका नरेन्द्रकुमार थापा प्रमुख अतिथि रहेका थिए । सहाकारीको प्रमुख सल्लाहकार तथा ज्ञानमाला स्कुलका प्रधानाध्यापक अनिलकुमार सुब्बा कार्यक्रममा विशेष अतिथि रहेका थिए ।

ज्येष्ठ नागरिकका तर्फबाट टम्परसिंह तामाङ र मुकुन्दराम ढुंगानालाई पनि अतिथिका रुपमा आसनग्रहण गराइएको थियो । संस्थाका सचिव युवराज घलेले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन संस्थाकी कोषाध्यक्ष लक्ष्मी भण्डारी ढुंगानाले गरेकी थिइन् ।

साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै उपस्थितहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । आजको साधारणसभाबाट यसअघि उपाध्यक्ष रहेका क्रिश लामा अध्यक्षमा चयन भएका छन् । 

तपाईको प्रतिक्रिया