शनिबार १२ श्रावण २०८१
समाज

आलमविरुद्ध आज अन्तिम सुनुवाइ, पेशी न्यायाधीश आचार्यको इजलासमा

आइतबार माघ २८, २०८०/ Sunday 02-11-24

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताव आलमविरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने भएको छ ।विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरको मुद्दामा रौतहट जिल्ला अदालतमा अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।

अफताब आलम लगायतविरुद्ध दायर मुद्दा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ । ४ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको थियो ।

विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप लगाउँदै उनीहरुको परिवारका सदस्यहरु श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सोही मुद्दामा सर्वोच्च अदालतबाट २०६९ जेठ १६ गते मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने आदेश दिएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई २०७५ चैत ८ गते ताकेता गर्दै मुद्दा चलाउनका लागि पत्राचारसमेत गरेको थियो । सर्वोच्च अदालतको आदेशअनुसार आलमलाई पक्राउ गरेर अनुसन्धान कार्य शुरु गरेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया