आइतबार २३ बैशाख २०८१
मनोरन्जन

नायिका रेखा थापालाई पुत्रीलाभ

शुक्रबार फाल्गुण ११, २०८०/ Friday 02-23-24

काठमाडौं । नायिका रेखा थापालाई पुत्रीलाभ भएको छ । रेखा स्वयंले सामाजिक सञ्जालमार्फत् पुत्रीलाभ भएको जानकारी दिएकी छन् । 

छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन् ।

तपाईको प्रतिक्रिया