आइतबार २३ बैशाख २०८१
मनोरन्जन

भजन शिरोमणि भक्तराज आचार्यको निधन

सोमबार फाल्गुण १४, २०८०/ Monday 02-26-24

काठमाडौं। भजनशिरोमणि भक्तराज आचार्यको निधन भएको छ। सोमबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि लैजाने क्रममा गायक तथा संगीतकार आचार्यको निधन भएको हो।

अहिले उनको पार्थिव शरीर अस्पतालमै राखिएको संगीतकार वसन्त सापकोटाले जानकारी दिए। आचार्यले दर्जनौँ आधुनिक र लोकगीतसहित भजनमा स्वर तथा संगीत दिएका छन्।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनका 'हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ' लगायत गीत चर्चित छन्।

२०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

तपाईको प्रतिक्रिया