शनिबार १२ श्रावण २०८१
खेलकुद

साफ यु–१६ महिला च्याम्पियनसिप: नेपाल र बंगलादेश भिड्दै

शनिबार फाल्गुण १९, २०८०/ Saturday 03-02-24

काठमाडौ। साफ यु-१६ महिला च्याम्पियनसिपमा आज नेपाल पहिलो खेल खेल्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा आज दिउँसो ३ बजे नेपालले बंगलादेशको सामना गर्ने छ ।

राउन्ड रोविनमा हुने प्रतियोगिताको उदघाटन खेलमा भारतले भुटानलाइ ७-० गोल अन्तरले पराजित गरेको थियो । नेपालले आज घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहान्छ ।

गतवर्ष यु-१५ साफ महिला च्यायम्पियन्सिप जितेको नेपालको लागि यु-१६ मा पनि च्याम्पियन बन्ने दबाब छ । प्रतियोगिताको बारेमा प्रतिक्रिया दिदै नेपाली टिमका प्रशिक्षक चक्र तामाङले नेपाललाई घरेलु मैदान फाइदा हुने र बंगलादेश विरुद्ध सहज जित निकाल्ने बताए ।

एक महिना अघिबाटको राम्रो तयारीले नेपाली टिमको प्रदर्शन राम्रो हुने अपेक्षा रहेको उनको भनाइ छ । फागुन २७ गतेसम्म हुने प्रतियोगितामा लिगका शीर्ष २ टिमले फाइनलमा स्थान बनाउने छ्न् ।

तपाईको प्रतिक्रिया