शनिबार १२ श्रावण २०८१
खेलकुद

नेदरल्यान्ड्समाथि नेपालकाे सहज जित

शनिबार फाल्गुण १९, २०८०/ Saturday 03-02-24

काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्डमाथि ६ विकेटको शानदार जित निकालेको छ ।

नेदरल्यान्डले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटको शानदार जित निकालेको हो । योसँग नेपालको फाइलन खेल्ने सम्भावना बलियो बनेको छ ।

नेपालका जितमा कप्तान रोहित पौडेल र गुल्सन झाले उत्कृष्ट साझेदारी गरे । २७ रनमा २ विकेट गुमाएको नेपाललाई कप्तान रोहित र गुल्सनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै जिततर्फ दोहो¥याएका हुन् ।

तपाईको प्रतिक्रिया