शनिबार १२ श्रावण २०८१
शिक्षा

‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेसडरमा नीति शाह

सोमबार चैत ५, २०८०/ Monday 03-18-24

काठ्माडौं । नायिका नीति शाह ‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’ ब्रान्ड एम्बेसडर भएकी छन् । आइतबार शाह र कन्सलटेन्सीका निर्देशक पवन बिष्टले कागजी संझौतामा हस्ताक्षर गरेका हुन् ।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खुशी व्यक्त गर्दै नीतिले भनिन्, ‘ब्राडफोड, एप्लाई ग्लोबलले विगत १८ बर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रवृत्तिका लागि सहयोग गर्ने, काउन्सिलिङ गर्ने तथा उचित मुल्यमा अङ्ग्रेजी प्रोफिसेन्सी टेष्टहरु समेत गरिरहेको सुन्दा खुशी लाग्यो । यस्तो संस्थाको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त हुन पाउँदा निकै खुशी लागेको छ ।’

यस्तै, संझौता कार्यक्रममा बोल्दै ब्राडफोड ग्लोबलका निर्देशक तथा एप्लाई ग्लोबलका प्रमुख पवन बिष्टले नीति शाह जस्तो चर्चित नायिकालाई ब्रान्ड एम्बेसडर बनाउन पाउँदा खुशी लागेको बताए ।

लगातार ३ वटा चलचित्र साइन गरिसकेकी नीति दर्शकमाझ आफ्नो काम देखाउन उत्साहित छिन् ।

नीति शाह यसअघि पनि थुप्रै ब्रान्डमा जोडिसकेकी छिन् । उनी अभिनित ‘खजुरे ब्रो’ वैशाखको २८ गतेबाट रिलिज हुँदैछ । यस्तै, उनले निर्देशक सविर श्रेष्ठको ‘रुखान’ मा पनि साइन गरिसकेकी छिन् । दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको चलचित्रमा पनि उनी नायक राज कटुवालको जोडी बनेर देखिदैछिन् ।

तपाईको प्रतिक्रिया