आइतबार २३ बैशाख २०८१
प्रवास

ह्वाट्सएपको च्याट लिस्टबाट सिधै भारतको युपीआई पेमेन्ट गर्न सकिने

सोमबार चैत ५, २०८०/ Monday 03-18-24

काठमाडौं । ह्वाट्सएपको च्याटलिस्टबाट युपीआई क्युआर स्क्यान गर्न सकिने भएको छ ।

ह्वाट्सएपले आफ्नो विजनेश भर्जनमा ‘युपीआई क्युआर’ स्क्यान गर्न मिल्ने फिचर एड गरेको हो । ह्वाट्सएपले भारतमा अधिकांश प्रयोगकर्ताहरुले पैसा पठाउनका लागि युपीएआईको प्रयोग गर्ने भएकाले यो फिचर एड गरिएको ‘वाबिटा इन्फो’ले उल्लेख गरेको छ ।

ह्वाट्सएपका रियल टाईम अपडेटबारे जानकारी दिने सूचना केन्द्रका रुपमा रहेको ‘वाबिटा इन्फो’का अनुसार युपीआई कारोबार गर्ने प्रयोगकर्ताहरुलाई यस फिचरले सघाउ पुर्याउने जनाएको छ ।

ह्वाट्सएपका अनुसार प्रयोगकर्ताहरुले सिधै च्याट लिस्टबाट एकभन्दा बढी स्क्रिनहरुमार्फत नेभिगेट अथवा पेमेन्ट गर्न सक्नेछन् । यस फिचरले प्रयोगकर्ताहरुको समय बचत गर्ने र नयाँ अनुभवलाई बढावा दिने उल्लेख गरिएको छ ।

युपीआई क्युआर स्क्यान फिचर हाल केहि बिटा परिक्षणहरुका लागि मात्रै उपलब्ध गरिएको छ । गुगल प्ले स्टारबाट एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि पनि छिट्टै यो फिचर अपडेट गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया