![](https://deshdainik.com/uploads/news/images/IMG_4063.2024-03-21-11-25-13.jpeg)
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८ सय कायम भएको छ ।
हिजो छापावाला सुन प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय कायम गरेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ६ सय मूल्यमा कारोबार भएको थियो ।
यसै गरी, चाँदीको मूल्य आज प्रतितोला एक हजार पाँच सय ५५ सयमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया