सोमबार १९ जेठ २०८२
राजनीति

गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

सोमबार जेठ १२, २०८२/ Monday 05-26-25

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक माथि उठेका प्रश्नमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार दिउँसो अपरान्ह ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा छलफलका लागि तीन एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले अन्यमाथि नैतिकताको प्रश्न उठेपछि राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । राजीनामा नदिए संसदमा सजिलो नहुने चेतावनी दिएको थियो । 

तपाईको प्रतिक्रिया