
पोखरा । फेवातालको सीमा निर्धारण गर्दै संरक्षणको उद्देश्यसहित शनिबारदेखि पिल्लर गाड्ने काम सुरु गरिएको छ। सर्वोच्च अदालतको आदेशअनुसार तालको उच्च बहाव विन्दुलाई आधार मानेर ६५ मिटर मापदण्ड कायम गर्न १,५५५ वटा भौतिक पिल्लर गाडिनेछ।
कार्य थालनी गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य र कास्की प्रमुख जिल्ला अधिकारीले गरेका हुन्। पोखरा महानगरको अध्ययनअनुसार फेवा तालले हाल १,२०० रोपनी जमिन ओगटेको देखिएको छ।
मुख्यमन्त्री पाण्डेले दूषित जग्गाको पहिचानपछि मुआब्जा सम्बन्धी प्रक्रिया अघि बढ्ने जानकारी दिए। मेयर आचार्यले अब फेवातालको क्षेत्र, सीमाना स्पष्ट भएको र संरक्षण कार्यलाई निरन्तरता दिइने बताए।
तपाईको प्रतिक्रिया