राजनीति
परराष्ट्रमन्त्री आरजु राणा हङकङ भ्रमण सकेर स्वदेश फिर्ता
आइतबार जेठ १८, २०८२/ Sunday 06-01-25

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापनासम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर स्वदेश फर्किएकी छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा जेठ १६ गते सम्पन्न सो समारोहमा नेपाल पर्यवेक्षकको रूपमा सहभागी भयो। कार्यक्रममा ३२ देशले हस्ताक्षर गरे भने ५० भन्दा बढी देश र २० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागिता थियो। संगठनले अन्तरदेशीय तथा निजी व्यवसायबीचको विवाद समाधान गर्न मध्यस्थता गर्ने उद्देश्य लिएको छ।
तपाईको प्रतिक्रिया