आइतबार २३ बैशाख २०८१
बिजनेस

'टुसाल मल्टि भेन्यूमा भव्य होली फेस्टिभल’ हुँदै: डिजे नानीको विशेष प्रस्तुति

प्रवेश निशुल्क
बिहीबार चैत ८, २०८०/ Thursday 03-21-24

काठमाडौं ।  फागु अर्थात् होली पर्वका अवसरमा टुसाल मल्टि भेन्यूले भव्य होली फेस्टिभलको आयोजना गर्ने भएको छ। तार्केश्वर-०८ स्थित मल्टि भेन्यूकै प्राङ्गणमा चैत्र ११ गते डिजे नानी (सुस्मिता महर्जन) को विशेष सांगितिक प्रस्तुति सहित स्थानिय ब्यान्ड र  चर्चित कलाकारहरुको साथमा कार्यक्रम गर्न लागिएको हो।  

बिगतका वर्षहरुमा भन्दा यस वर्ष निकै व्यवस्थित,भव्य अनि सभ्यरुपमा कार्यक्रमको आयोजना गर्न लागिएको मल्टि भेन्यूका महाप्रबन्धक प्रविनमान सिंह बस्नेतले बताए। 

कार्यक्रमस्थलमा आफन्त,साथीभाई र शुभेच्छुकसंग  सांगितिक माहोलमा थरिथरिका रंग र अबिर दलेर खुसी साटासाट गर्दै विभिन्न पेय पदार्थ र फुड स्टलमा थरिथरिका परिकारको मज्जा लिन सकिने छ। आयोजकले प्रवेश निःशुल्क हुने बताएको छ ।

'होली' माया, प्रेम र सद्भाव झल्काउने तथा उमङ्ग र उत्साह थपिदिने पर्व भएकाले भाईचारा, सामाजिक सद्भाव र खुशी बाँड्न मद्दत  पुगोस् भन्ने उद्देश्यले प्रवेश निशुल्क गरिएको मल्टि भेन्यूका एमडि एवम‌‍ संचालक दिपेन्द्र थापाले बताए ।

१० रोपनीमा फैलिएको आधुनिक सेवा सुविधा सहितको मल्टी भेन्युमा  रेष्टुरेन्ट, बेङ्क्वेट, पौडी पोखरी, व्यायामशाला, वेलनेस, साउना, स्टिम, ज्याकुजी जस्ता सेवाहरु उपलब्ध छन् ।  

तपाईको प्रतिक्रिया