बिहीबार ६ मङ्सिर २०८१
राजनीति

कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका महर्जनले गरे उम्मेदवारी दर्ता

आइतबार मङ्सिर २, २०८१/ Sunday 11-17-24

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा प्रमुखमा शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो धेय रहेको भन्दै माओवादी उम्मेदवार महर्जनले आफू निर्वाचित भए कीर्तिपुरको चौतर्फी विकासका लागि काम गर्ने बताए । 

अगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि मनोनयन दर्ता गराउने मिति आजका लागि तोकिएको थियो । कीर्तिपुरमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल गरेर जाने सहमति भएको छ ।

माओवादीलाई कीर्तिपुरमा एकीकृत समाजवादीले सघाउने र काठमाडौं महानगरको वडा नं. १६ को वडा अध्यक्षमा एकीकृत समाजवादीलाई माओवादीले सघाउने सहमति भएको थियो । एकीकृत समाजवादीले काठमाडौंको वडा नं. १६ मा मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया