शनिबार १२ श्रावण २०८१
ग्यालरी

८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

बिहीबार चैत १५, २०८०/ Thursday 03-28-24

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले  ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ८ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव टेकप्रसाद राईले एक सूचना प्रकाशन गरी जानकारी दिए।

बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा ढकेन्द्र खतिवडा रहेका छन् । त्यस्तै बढुवा सिफारिसमा अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे रहेका छन्।

तपाईको प्रतिक्रिया