आइतबार २३ बैशाख २०८१
बिजनेस

सेयर बजारमा सामान्य सुधार

बिहीबार चैत १५, २०८०/ Thursday 03-28-24

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४.७८ अंकलेबढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०.८३अंकले घटेको नेप्से आज भने ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कारोबार रोकिएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३५९.०९विन्दुमा रहेको छ । 

३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता खरिदबिक्री हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँमा बराबरको कारोबार भएको छ । 

एउटामात्रै कम्पनी हिमालयन उर्जा विकासको सेयरमा सकारात्मक सर्किट लागेको थियो । यसैगरी आज सर्वोत्तम सिमेन्टको ९.९६, हिमालयन हाइड्रोपावरको ८.७३, सामलिङ पावरको ८.०७ र पिपुल्स पावरको ७.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्टको सबैभन्दा बढी १९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै गोर्खाज फाइनान्सको १६ करोड, शिवम् सिमेन्टको १५ करोड, सोनापुरको ११ करोड, पिपुल्स पावरको ७ करोडको सेयर कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया