शनिबार १२ श्रावण २०८१
खेलकुद

नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई दियो २१४ रनको लक्ष्य

सोमबार चैत १९, २०८०/ Monday 04-01-24

काठमाडौं ।नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई२१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो ।

नेपाल ए का लागि आरिफ सेखले सर्वाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओनहान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी,म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया