शनिबार १२ श्रावण २०८१
राजनीति

सहकारी ठगी प्रकरणबारे गृहमन्त्री लामिछानेको जवाफ– प्रश्न उठ्दैमा आत्तिइहाल्नुपर्दैन

मंगलबार चैत २०, २०८०/ Tuesday 04-02-24

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रश्न उठाइँदैमा आत्तिहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको बारेमा सञ्चारकर्मीको प्रश्नका जवाफ दिँदै उनले प्रश्न उठाइँदैमा आत्तिन आवश्यक नरहेको बताए । समाचारका सबै विषय सत्य नहुने उनले जिकिर गरे । सत्यको खोजी गरेर समाचार प्रकाशन र प्रसारण गर्न उनले आग्रह गरे ।

उनले पत्रिकामा समाचार छापिनेबित्तिकै कोही दोषी प्रमाणित नहुने बताए । प्रमाणित विषय र प्रचारबाजीमा फरक रहेको उनले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया