शनिबार १२ श्रावण २०८१
खेलकुद

हङकङविरुद्ध नेपाल फिल्डिङमा, टिममा एक परिवर्तन

सोमबार बैशाख ३, २०८१/ Monday 04-15-24

काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै हङकङलाई ब्याटिङको निम्तो दिए । 

खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण एक घण्टा प्रभावित बनेको हो । खेल १८ ओभरमा छोट्याइएको छ । खेलमा नेपाल लगातार तेस्रो जितसँगै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यो खेल जिते नेपालले समूह चरणको अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा तय गर्नेछ । 

 नेपालले कतारसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विवेक यादवको स्थानमा करण केसी टोलीमा फर्किएका छन् ।नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया