शनिबार १२ श्रावण २०८१
अर्थ

दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ७९ करोडमा सीमित

सोमबार बैशाख ३, २०८१/ Monday 04-15-24

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक सोमबार ०.८३ प्रतिशतले घटेको छ । नेप्से १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा पुगेको छ ।

यस दिन ७२ लाख २३ हजार ७७३ कित्ता सेयर दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँमा किनबेच भएको छ ।

सोमबार सबै उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक १.५९ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे डिबेन्चर २०८७ को सेयर मूल्य सर्वाधिक ७.०९ प्रतिशतले बढेको छ । यस्तै, मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०५ प्रतशितले घटेको छ ।

तपाईको प्रतिक्रिया