आइतबार २३ बैशाख २०८१
बिजनेस

सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

मंगलबार बैशाख ११, २०८१/ Tuesday 04-23-24

काठमाण्डौ । सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाकाे एक लाख ३८ हजार दुई सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी तोलाको एक हजार छ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय पाँच रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया