आइतबार २३ भदौ २०८१
समाज

सौर्य विमान दुर्घटना : आफन्तलाई आजै शव दिइने

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । आफन्तले दिएको विवरण र शव परीक्षण रिपोर्टका आधारमा मृतकको पहिचान गरी आफन्तको जिम्मा लगाउन लागिएको हो ।

शुक्रबार अपरान्हसम्म अधिकांश शवको पहिचान भइसकेको छ भने बढी जलेका शवको पहिचानमा भने केही समस्या भएको चिकित्सकहरुले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीका अनुसार पहिचान भइसकेका शवहरु आजै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ । 'पहिचान भइसकेका शवहरु आजै आफन्तलाई जिम्मा लगाउँछौँ । पहिचान नभएको हकमा मात्रै यहाँ राखिन्छ,' चौधरीले भने ।

बुधबार बिहान ११:११ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया