शनिबार १२ श्रावण २०८१
समाज

प्रहरी जवान घिमिरेको हत्यामा संलग्न सातजना सार्वजनिक

आइतबार जेठ ६, २०८१/ Sunday 05-19-24

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर घटनामा संलग्नलाई सार्वजनिक गरेको हो । 

खोटाङको मझुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए । 

घर जाने बाटोको प्राविधिक पक्षहरूको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिटलगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले सार्वजनिक गरिएकामा भक्तपुरका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोटका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाका २१ वर्षीया विपना बसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाका विजय चौधरी, ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोकका ३० वर्षीय दोर्जे अमृत तामाङ, एकजना १३ वर्षीय नाबालक छन् । उनीहरू हाल बालाजु, जरंखु, मनमैजुलगायत स्थानहरूमा सडकपेटी निर्माण घरहरूमा आश्रय बनाइ बस्ने गरेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । 

तपाईको प्रतिक्रिया