शनिबार १२ श्रावण २०८१
राजनीति

एमाले संसदीय दलको बैठक सुरु

बुधबार जेठ २, २०८१/ Wednesday 05-15-24

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । बुधबार मध्याह्ज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली कांग्रेसले संसद बैठक र सडक संघर्ष समेत सुरु गरिरहँदा एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा गिरीबन्ध टि स्टेटको जग्गा सरकारको मातहत ल्याउन सर्वोच्च अदालतले आदेश दिएको विषयमा पनि छलफल हुने बताइएको छ । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको तत्कालीन सरकारले सो जग्गा व्यक्तिको नाममा सट्टा गर्न मिल्ने गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।

संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्रीसमेत रहेका अर्थशास्त्री डा. युवराज खतिवडा पनि सहभागी भएका छन् ।

तपाईको प्रतिक्रिया