शनिबार १२ श्रावण २०८१
राजनीति

सहकारी ठगीविरुद्ध सडकमा उत्रिने कांग्रेसको निर्णय, रविको राजीनामा पनि मागिने

बुधबार जेठ ९, २०८१/ Wednesday 05-22-24

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडकमा उत्रिने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो । 

गृहमन्त्रीमाथि संसदीय छानबिन, गृहमन्त्रीले संसदमा कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध र सहकारी पीडितको रकम फिर्ताको विषयलाई लिएर प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ । उसले नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया