राजनीति
देश जोगाउन प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग
शनिबार जेठ १७, २०८२/ Saturday 05-31-25

जनकपुरधाम। आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले मुलुकमा बढ्दो बेथिति, भ्रष्टाचार र दलाल दलतन्त्रका कारण देश संकटतर्फ उन्मुख भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन्।
जनकपुरधाममा आजपाले आयोजना गरेको कार्यक्रममा बोल्दै साहले ओलीले पद त्याग गरी अन्तरिम सरकार गठनको बाटो खोल्नुपर्ने बताए। उनले वर्तमान गठबन्धन सरकारले जनतामा निराशा मात्र फैलाएको, बजेट विभेदकारी रहेको र देशको अर्थतन्त्र धराशायी बनाउने काम गरिरहेको आरोप लगाए।
साथै, साहले सीमावर्ती क्षेत्रमा प्रहरीले जनताको सम्पत्ति लुटिरहेको, भन्सारका नाममा दमन भइरहेको र नक्कली भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको बताए।
तपाईको प्रतिक्रिया