शनिबार ८ असार २०८१
ग्यालरी

समायोजनको अप्ठ्यारोले रोकिएको कर्मचारीको वृत्ति विकास निजामती विधेयकमा फुकाउँछौं : मन्त्री जोशी

सोमबार जेठ १४, २०८१/ Monday 05-27-24

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले समायोजनको अप्ठ्यारोले रोकिएको कर्मचारीको वृत्ति विकास निजामती विधेयकमा फुकाउने बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित संघीयता, लोकतन्त्र र कानूनी शासन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले यही असारभित्रै संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको उल्लेख गर्दै समायाेजनका समस्या समाधान गर्ने बताए ।

त्यस्तै, कर्मचारीहरुको मनोबल उच्च बनाउने गरि संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

उनले कर्मचारीहरुको सल्लाह र सुझावअनुसार नै संशोधन विधेयक आउने भन्दै कर्मचारीबीच हुने विभेद कानूनी रुपमा नै पूर्ण रुपमा अन्त्य गर्ने दाबी गरे ।

त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश र स्थानीय तहहरुले राजनैतिक संघियता पाएपनि प्रशासनिक र वित्तिय संघियता अझै नपाएको बताए । संघले प्रदेशमा हस्तक्षेप गरेका कारण प्रदेश संचालनमा समस्या आएको उनले बताए ।

कार्यक्रममा संघीयताको उद्देश्य, आवश्यकता र कार्यान्वयनको स्थितिबारे छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया