शनिबार ८ असार २०८१
बिश्वो

फ्रान्समा संसद भंग गरेर आकस्मिक चुनाव घोषणा

सोमबार जेठ २८, २०८१/ Monday 06-10-24

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले संसद भंग गर्दै आम निर्वाचन घोषणा गरेका छन्। राष्ट्रपति म्याक्रोले यही जुन महिनाको अन्तिममा चुनाव गराउने जनाएका छन् ।

आफ्नो प्रतिद्वन्द्वी मरिन ले पेनको पार्टी नेसनल र्‍यालीको युरोपियन युनियनको चुनावमा राम्रो जित आएपछि राष्ट्रपति म्याक्रोनले अचानक संसदीय चुनावको घोषणा गरेका हुन् । 

संसद भंग गरिएको घोषणा गर्दै उनले चुनावका लागि यही जुन ३० र आउँदो जुलाई ७ को मिति समेत घोषणा गरेका छन् । टेलिभिजन सम्बोधनमार्फत उनले चुनावको घोषणा गरेका हुन् । युरोपियन युनियनको फ्रान्सको मतदान सम्पन्न भएपछि एक्जिट पोलको नतिजा आउनेबित्तिकै उनले एलिसी प्यालेसबाट चुनावको घोषणा गरेका हुन् । 

एक्जिट पोललाई मान्ने हो भने अति दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीलाई ३२ प्रतिशत मत प्राप्त हुन सक्नेछ । जुन राष्ट्रपतिको रेनेसा पार्टीलाई भन्दा दोब्बर बढी हो । रेनेसा पार्टीलाई १३ प्रतिशत मात्रै मत मिल्ने पूर्वानुमान गरिएको छ । 

म्याक्रोनको दोस्रो कार्यकाल पूरा हुन अझै दुई वर्ष बाँकी रहेको अवस्थामा संसदीय चुनाव घोषणा गरिएको हो । बीबीसी

तपाईको प्रतिक्रिया