आइतबार ३ असार २०८१
समाज

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना र उद्धार अभ्यास

सोमबार जेठ २८, २०८१/ Monday 06-10-24

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन योजना अभ्यास गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको संकटकालीन योजना अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न छन् ।

अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँ आउनुका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्सको दौडधुप देखिन्थ्यो । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को मापदण्ड तथा एयरपोर्ट इमर्जेन्सी प्लानअन्तर्गत सो कार्यक्रम गरिएको विमानस्थल कार्यालयले जनाएको छ । 

आधा घण्टाका लागि गरिने अभ्यासमा नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालकदलको उद्धार कसरी गर्ने लगायत अभ्यास गरिन्छ ।

उद्धारका लागि दमकल, एम्बुलेन्सर उद्धारकर्मी कसरी परिचालित गर्ने भन्ने अभ्यास पनि गरिन्छ । संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासमध्ये ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास भइरहेको हो ।

अभ्यासबारे आन्तरिक वायुसेवा कम्पनीदेखि नेपाल उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया