शनिबार १२ श्रावण २०८१
समाज

नक्साल ढुङ्गेधाराको निकास थुन्नेलाई जरिवाना तिराएर निकास खोलियो

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24

काठमाडौँ । नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी)को निकास थुन्नेलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ ।

पानीको निकास थुन्ने तीन घरलाई प्रतिघर २ लाखको दरले जरिवाना तिराएको हो । जरिवानाबाट उठेको रकमले ढुङगेधाराको पुनरुत्थानकाे काम सुरु भएको छ । अहिले पानीको निकास खोलिएको छ ।

हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको पत्ता लागेकाे थियाे ।

स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ ।’ प्रमुखका सचिवालय सदस्य विनय शाक्यले पानीको निकास सम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिए ।

पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने लगायतका समस्या पहिचान गर्ने क्रम गत  असोज महिनाबाट सुरु भएको हो ।

तपाईको प्रतिक्रिया