शनिबार ८ असार २०८१
राजनीति

ओलीको प्रश्न- विकास गर्न सरकारमा गयौँ, त्यो नभएपछि सन्तोष कसरी मान्ने ?

शनिबार असार १, २०८१/ Saturday 06-15-24

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न एमाले सरकारमा गएको बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटको विषयमा एक दुई जनाको मुख हेरेर मात्र नहुने बताए ।

ओलीले भने, ‘एक दुई जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठिक कति, बेठिक त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर, हामी सरकारमा छौँ भनेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौँ । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? ’

उनले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति हेर्न समेत आग्रह गरे ।

ओलीले बजेट भाषण भएदेखि नै निरन्तर असन्तुष्टि प्रकट गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया