बिहीबार १३ असार २०८१
राजनीति

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

शुक्रबार असार ७, २०८१/ Friday 06-21-24

बुटवल । लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको विषयलाई लिएर शुक्रबारको बैठक अवरूद्ध पारेको हो।

सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले शुक्रबार संसद्‌मा विरोध जनाएपछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो ।

बैठकको सुरूमा कांग्रेस संसदीय दलका नेता तथा यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफनो धारणा राखेका थिए। 

त्यसलगतै काग्रेसले सदन अवरूद्ध गरेको हो। दल नेता चौधरीले धारणा राखिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।

अहिले प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षका दलहरूका बीचमा सदन खुलाउनेबारे छलफल भइरहेको छ।

त्यसअघि प्रदेशसभामा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा नराखेको तथा चालू वर्ष भन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको भन्दै अहिलेको बजेट किसानमैत्री नभएको भन्दै विरोध जनाएका थिए। 

त्यस्तै कांग्रेस संसदीय दलका नेता चौधरीले पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको दोषारोपण गरे। त्यस्तै उनले स्थानीय जनजातीहरूले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएको भए पनि त्यो अहिले काटेर अर्कै क्षेत्रमा राखिएको भन्दै असुन्तुष्टि जाहेर गरेका थिए। 

निवर्तमान मुख्यमन्त्री चौधरीले विपन्न वर्गसँग जोडिएका कार्यक्रमहरू कटौती गरेको र उनीहरूका लागि थप नयाँ कार्यक्रम केही पनि नलाल्याएको बताएका थिए। उनले युवा, महिला, ज्येष्ठ नागरिक, मधेसी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्त कमैया, जनजाती, वादी, गन्धर्भ, चमार, लोपोन्मुख, मुसहर, नटुवा माझी, कुसुन्डा, कोरी आदि सिमान्तकृत समुदायलाई बजेटले नछोएको बताए। 

कस्का लागि बजेट ल्याएको भनेर कांग्रेस संसदीय दलका नेता चौधरीले प्रश्न गरेका थिए। 

चालू आर्थिक वर्षमा धेरै योजना बन्द गरिएको तथा आयका कार्यक्रम सञ्चालन गर्न नदिएको उनले गुनासो गरेका थिए । 

संघीताविरोधी बजेट आएको उनले कथन छ। संघीयता विरोधी बजेट आएको भन्दै कांग्रेसले विरोध गर्नु परेको बताए।

तपाईको प्रतिक्रिया