आइतबार १६ असार २०८१
राजनीति

बर्खे अधिवेशनबाटै निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री जोशी

शुक्रबार असार ७, २०८१/ Friday 06-21-24

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धि विधेयक चालू वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयको सय दिनको कामको जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतिवद्धता दोहोर्याएका हुन् । यो वर्षे अधिवेशनमा सो विधेयक पारित गराउन कुनैपनि हालतमा मन्त्रालय प्रतिवद्ध रहेको मन्त्री जोशीको भनाइ थियो ।

उनले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसदबाट पारित हुन नसकेको स्पष्टिकरण पनि दिए । मन्त्री जोशीले सो विधेयकलाई टुंगो लगाउन सरकारले सराकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए । उनले सबै सरोकारवालाहरुसँगको परामर्शमा जो विधेयकलाई टुंगो लगाउन आफूहरु लागि परेको बताए ।

मन्त्री जोशीले संघीयता कार्यान्वयनमा कमी भएको स्वीकार समेत गरे । उनले सरकारले संघीयता कार्यान्वयनको विषयमा जोड दिएर अघि बढ्ने बताए ।

यस्तो छ मन्त्री जोशीको भनाइः

‘यो वर्षे अधिवेशनमा यो विधेयक आउँछ । यसमा तपाईहरु कुनै भ्रममा नपर्दा हुन्छ । कुनै पनि हालतमा यो मन्त्रालय त्यसमा प्रतिवद्ध छ भन्ने कुरामा म भन्न चाहन्छु । यो अधिवेशनमा आउँछ । यो मेरो विश्वा पनि हो । प्रतिवद्धता पनि हो । विश्वास के हो भन्दाखेरी सबै राजनीतिक दलहरुसँग छलफल गरेको छु । उहाँहरु पनि पोजिटिभ नै हुनुहुन्छ ।

मलाई लाग्छ– सबै राष्ट्रसेवक कर्मचारीहरु पनि हामीले जे समझदारी गछौं । यो कर्मचारीसँगै संवद्ध भएको हुनाले उहाँहरु सबै सरोकारवालाहरुसँग पनि परामर्श गरेर यसको टुंगो लगाउँला भन्ने कुरामा म तपाईँहरुलाई भन्न चाहन्छु । यो विधेयक सबैको चासो र चिन्ताको विषय भएकाले यसमा धेरै छलफल पनि भयो ।

अहिले पनि विद्यालय शिक्षा विधेयक पनि अलि सजिलो ढंगले आउन सकेको छैन भने यही विधेयकमा पनि अलि बढि छलफल गर्नुपर्ने भएको हुनाले यो आउन सकेन । तर मैले फेरी पनि दोहोर्याएर भन्छु–यो विधेयक यो अधिवेशनबाट पास गर्ने तयारी गर्छौं । मन्त्रालय मन्त्रालय यसका लागि प्रतिवद्ध छ भनेर म तपाईहरुलाई जानकारी गराउँछु ।

तपाईको प्रतिक्रिया