मंगलबार १८ असार २०८१
समाज

चितवनको होटलमा चिनियाँ नागरिक मृत फेला

आइतबार असार १६, २०८१/ Sunday 06-30-24

चितवन । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् ।

बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् ।

उनी १० असारदेखि सोही होटेलमा बस्न थालेको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार उनी क्यान्सरपीडित समेत भएको खुलेको छ । उपचारकै लागि पियान चितवन पुगेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया