आइतबार १६ असार २०८१
राजनीति

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठक प्रवेशमा रोक

बिहीबार असार १३, २०८१/ Thursday 06-27-24

काठमाडौ  । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ ।

पार्टीको ह्वीप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै फणीन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो ।

तर, सर्वोच्च अदालतले कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएसँगै फणीन्द्रको पद जोगिएको थियो ।

सर्वोच्चको आदेशपछि बिहीबार बस्ने प्रदेश सभा बैठकमा प्रवेश गर्न लागेका फणीन्द्रले मर्यादा पालकले रोक लगाएका हुन् ।

तपाईको प्रतिक्रिया