मंगलबार १८ असार २०८१
खेलकुद

इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश

मंगलबार असार ११, २०८१/ Tuesday 06-25-24

काठमाण्डौ । साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १–१ गोलको बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो ।

क्रोएसियाका लागि लुका मोड्रीचले गोल गरे । इटालीका माटिया जाकाग्नीले गोल गरे । बराबरीसँगै सूमह 'बी' मा इटालीको तीन खेलमा चार अङ्क भएको छ । क्रोएसियाको भने तीन खेलमा दुई अङ्क छ । अल्बानिया भने एक अङ्कसहित समूहको पुछारमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा स्पनेले अल्बानियालाई १–० गोलले हरायो । स्पेनका फेरन टोरेसले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । एक खेल पनि नहारेको स्पेन समूहको शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया