आइतबार १६ असार २०८१
खेलकुद

विश्वकपको सेमिफाइनल नजिक भारत : कसिलो बलिङ र अस्थिर ब्याटिङ

आइतबार असार ९, २०८१/ Sunday 06-23-24

काठमाडौ ।विश्व क्रिकेटका दुई महाशक्ति भारत र अस्ट्रेलिया टी-२० विश्वकपको समूह १ को भिडन्त सोमबार हुँदै छ। संसारमा क्रिकेटमा सबै भन्दा लोकप्रियता भएको देश भारत तथा सबै भन्दा धेरै सफल देश अस्ट्रेलिया बिचको खेल पक्कै महत्त्वपूर्ण हुनेछ।

यो पक्कै महत्त्वपूर्ण भिडन्त भन्दा अघिकै परिदृश्यको आधारमा हेर्ने हो भने यी दुवै देश सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना प्रबल भएको छ।

भारतले अफगानिस्तान र बङ्गलादेशलाई हराइ सकेको छ भने अस्ट्रेलियाले बङ्गलादेशलाई हराइ सकेको छ। यो समूहमा बङ्गलादेशको गणितीय सम्भावना मात्र बाँकी छ। बङ्गलादेशले आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई हराउनु पर्नेछ। अफगानिस्तान र भारत दुवैले अस्ट्रेलियालाई हराएमा भारतको ६ तथा अन्य ३ टोलीका २ अङ्क हुनेछ। यसले रन रेटका आधारमा दोस्रो टोलीका चयन हुनेछ।

अफगानिस्तानको हकमा अस्ट्रेलियासँगको खेल महत्त्वपूर्ण हुनेछ। सो खेलमा जित हात पारेमा अफगानिस्तानको सम्भावना प्रबल हुनेछ। अफगानिस्तानले बङ्गलादेशलाई पनि हराएमा ६ अङ्क हुनेछ। त्यस अवस्थामा भारतले अस्ट्रेलियालाई हराएमा अफगानिस्तान स्वतः दोस्रो हुनेछ।

अफगानिस्तानले अस्ट्रेलियालाई हराएर बङ्गलादेशलाई पनि हराएको अवस्थामा भारत र अस्ट्रेलिया बिचको खेलमा अस्ट्रेलिया जित्ने सम्भावना पनि छ। त्यसो भएमा बङ्गलादेशको शून्य तथा अन्य दुई टोलीको समान ६ अङ्क हुनेछ। यसले रन रेटको आधारमा दुई टोलीको टुङ्गो लाग्ने छ । भारत बाहिरिने सम्भावना यही एउटा मात्र हो।

अफगानिस्तानले अस्टे«लियासँग हारको सामना गरेमा सेमिफाइनलको टुङ्गो त्यसैले लगाउने छ। भारत अस्ट्रेलिया एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छन्।

टी–२० विश्वकपले १३ औं वर्ष पुरा गरेको छ। टी-२० विश्वकप भारतीय इतिहासका लागि सबै भन्दा महत्त्वपूर्ण हो। सन् १९८३ बाट विश्वकपमा उपाधि हीन यात्रा गरेको भारतले पहिलो संस्करणको टी–२० विश्वकप जिते पछि चार वर्ष प्रभावशाली युग बिताएको हो। त्यो युग नै सायद क्रिकेट इतिहासमा धोनी नेतृत्वको युगको सुरुवात गराएको थियो।

भारतले एक पटक उपाधि जितेको छ भने एक पटक उपविजेता बनेको छ। सन् २०१४ मा भारतीय टोली उपविजेता बनेको हो। सन् २०१४ र २०१६ मा विराट कोहली म्यान अफ द सिरिज भएका थिए।

जारी प्रतियोगितामा अन्तिम प्रतियोगितामा फर्किएको हार्दिक पाण्डेको फर्म भारतका लागि उपयोगी साबित भएको छ। सुपर एटको पहिलो खेलमा अफगानिस्तानसँग २४ बलमा ३२ रन प्रहार गरेका पाण्डेले बंगलादेशसँगको खेलमा २७ बलमा अविजित रहँदै ५० रन प्रहार गरे।
यसै गरी कुल दीप यादव यस विश्वकपमा सफल बलरको रूपमा समेत फेरि उदाएका छन्। बंगलादेशसँगको खेलमा उनले १९ रन खर्चेर ३ विकेट लिएका छन्। यस अघि अफगानिस्तानसँगको खेलमा पनि उनले ३२ रन खर्चेर २ विकेट लिएका थिए।

भारतले ५ जित सहितको अपराजित यात्रा कायम गरेर टी–२० विश्वकपमा नै एउटा कीर्तिमान कायम गरेको छ। पहिलो चरणमा भारतको एक खेल वर्षाको कारण सम्भव भएको थिएन भने अन्य ३ मा जित हात पारेको थियो। सुपर एटमा दुवै खेलमा सफलता पाइ सकेको छ।

अन्य तीन खेलमा सफलता पाएको भारत अपराजित हुँदै उपाधि जित्न सफल हुनेछ।
त्यसो त टी–२० विश्वकपका अहिले लोकप्रिय स्वरूपमा भारतको भूमिका अहंम छ।

सन् २००७ मा पहिलो पटक विश्वकपको आयोजना भएपछि भारतमा फ्रेन्चाइजको योजना भएको हो । संयोगवश पहिलो विश्वकपमा पाएको सफलताले भारतको फ्रेन्चाइज लिग आइपिएलकोको सफलता पनि धेरै सहयोग गरेको हो।

सन् २००९ मा उपाधि रक्षार्थ खेलेको भारत पहिलो चरणबाट नै बाहिरिएको थियो। टी–२० विश्वकपमा भारतको त्यो नै सबै भन्दा खराब प्रदर्शन थियो। सुरुका दुई खेलमा बङ्गलादेश र आयरल्यान्डलाई हराएको भारत त्यसपछि इङ्गल्यान्ड, आयरल्यान्ड र वेस्ट इन्डिजसँग पराजित भएको थियो। सन् २०१० को विश्वकपमा भारत पहिलो चरणबाट नै बाहिरिएको हो।

सन् २०१२ को संस्करणमा भने भारत सुपर एटबाट बाहिरिएको थियो। सन् २०१४ मा फाइनलमा श्रीलङ्कासँग ६ विकेटले भारतले पराजयको सामना गरेको थियो।

भारतीय खेलाडी मध्य यस जारी विश्वकपमा सबै भन्दा सफल बलरको रूपमा आर्शदीप सिंह छाएका छन्। १२ विकेट सहित उनी सबै भन्दा धेरै विकेट लिने खेलाडीको रूपमा दोस्रो स्थानमा छन्। अफगानिस्तानका फजिल्लाह हक फापारिक्युले १५ विकेट लिएका छन्। जसप्रित बुमरहाले १० विकेट लिएका छन्। टी–२० क्रिकेटमा ३ दशमलव ४२ को इकोनोमीमा बलिङ गर्नु साँच्चै अस्वाभाविक हो। पाण्डेले ८ विकेट लिएका छन्।

भारतीय ब्याट्सम्यान कुनै एकाध स्टार भन्दा फरक खेलमा फरक खेलाडी जमेका छन्। ऋषभ पन्तले सबै भन्दा धेरै १५६ रन बनाएका छन्। सूर्य कुमार यादवले ११८ रन प्रहार गरेका छन्। पाण्डेले ८९ रन प्रहार गरेका छन्।

भारत क्रिकेटमा गर्वीलो इतिहास भएको देशमा कहिले पनि शङ्का रहन सकिँदैन। कपिल देव र सचिन तेन्दुलकरको भारतीय क्रिकेटले एउटा उचाइ पाएको हो। पछिल्लो समय विराट कोहली यही लयमा छन्। यस बिचमा युवराज सिंह र महेन्द्र सिंह धोनी सदाबहार भारतीय क्रिकेट स्टारको रूपमा रहेका थिए।

त्यसो त लामो इतिहास भएका कोहली र रोहित शर्मा पनि यस टोलीमा नभएका होइनन्। उनीहरूको प्रदर्शन अहिलेसम्म सुखद हुन सकेको छैन। सायद अबको खेलमा यी दुई स्टार राम्रो लयमा आउने विश्वास भारतीय समर्थकको छ।

भारतले कोहलीलाई प्रारम्भिक ब्याट्सम्यानको रूपमा खेलाइ रहेको छ। तर कोहली सफल भएका छैनन्। सायद यस विश्वकपमा अलराउण्डर पाण्डे र पन्तको अलावा अन्य कुनै ब्याट्सम्यान भरपर्दो स्थिर साबित हुन सकेका छैनन्। स्रोतः क्रिक इन्फो, क्रिक बज

तपाईको प्रतिक्रिया