आइतबार १६ असार २०८१
राजनीति

सदनबाट माओवादीको आग्रह- असन्तुष्टिकाबीच बजेट पारित भए पनि कार्यान्वयनमा जुटौँ

बिहीबार असार १३, २०८१/ Thursday 06-27-24

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जुट्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै गुनासा र असन्तुष्टिको बीचबाट पनि बजेट पारित गरेको बताए।

उनले भने, ‘हामीले पारित गरेका छौँ। अब यो बजेट कार्यान्वयनको प्रक्रियामा जानुपर्छ। असारे विकासको चर्चा हुने गरेको छ। अहिले बजेट पास हुने अनि एक वर्षपछि झारा तिर्ने गरी काम हुने र निर्माणका काम हुने प्रणालीको अन्त्य गर्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु।’

बजेट कार्यान्वयनका लागि आज, भोलि, पर्सि भनेर ढिलाइ गर्दै जाने प्रक्रियाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया