आइतबार २३ असार २०८१
राजनीति

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, केहीबेरमा प्रधानमन्त्रीलाई बुझाइँदै

बुधबार असार १९, २०८१/ Wednesday 07-03-24

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने विश्वास रहेकोमा त्यसो नभएको बताए ।

उनले प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गर्न लागेको बताए । यससँगै एमालेका मन्त्रीहरुको राजीनामासमेत दिइने बताइएको छ ।

तपाईको प्रतिक्रिया