आइतबार २३ असार २०८१
राजनीति

एसका दुई मन्त्रीले सरकार नछाड्ने 

बिहीबार असार २०, २०८१/ Thursday 07-04-24

काठमाडौं : नेकपा एकीकृत समाजवादी (एस)का दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।

 

 

 

नेकपा एसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरुले राजीनामा नदिने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

एसबाट सहरीविकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सरकार फेरबदलसँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।

सहरी विकास मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् ।

साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यसैगरी रास्वपाका मन्त्रीहरुले पनि आज राजीनामा बुझाउने तयारी गरेको छ । एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।

तपाईको प्रतिक्रिया