आइतबार २३ असार २०८१
राजनीति

राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री

बिहीबार असार २०, २०८१/ Thursday 07-04-24

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा दिनबाट ब्याक भएका छन् ।

बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले संसद् फेस गर्ने तयारीमा रहेको भन्दै लामिछाने र अर्याललाई साथ दिन आग्रह गरेका थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गरेर राजीनामा नदिएर फर्किएको बताए ।

‘हामी सहयात्री पनि हौँ । सँगै जानु हाम्रो जिम्मेवारी पनि हो । मैले सदनलाई जवाफ दिन्छु । सदनलाई फेस गर्छु भनेपछि हामी उहाँको संवैधानिक अधिकारलाई सम्मान गर्दै राजीनामा नदिएर फर्किएका छौँ,’ उनले भने । 

असार १७ गते नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री हुनेछन्।

कांग्रेस र एमालेले प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् भने प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिने बताइरहेको छ।

प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनुपर्छ।

तपाईको प्रतिक्रिया