
काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले भोलि, बुधबार पीडितहरूसँग छलफल गर्ने भएको छ ।
सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए । पीडितहरूको गुनासो सुन्न भोलिको बैठकमा सञ्चारकर्मीहरूलाई समेत प्रवेश दिइने उनले बताए ।
विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो । अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए ।
आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधबार पीडितहरूसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया