बुधबार १३ चैत २०८१
राजनीति

मन्त्रालयको बाँडफाँट भइसकेको छैन: ओली

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । 

उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा भइनसकेको स्पष्ट पारे ।

सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जाने गरी छलफल भइरहेको उनले बताए। उनले कांग्रेस र एमालेले बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए । 

अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताए । उनले उद्यमशिलता, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रिकीकरणमा ध्यान दिन आवश्यक रहेको बताए ।  उनले उत्पादनका लागि पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया