शनिबार ५ श्रावण २०८१
राजनीति

प्रचण्डको गुनासो- कांग्रेससँग सहमति गरेर पनि ओलीले समर्थन छ भन्दै झुक्याए

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढाँटछल गरेर नेकपा एमालेले नेपाली कांग्रेससँग नयाँगठबन्धन गरेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले कांग्रेससँगको सहमतिपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झुक्याएको बताए । कांग्रेससँग सहमतिपछि पनि ओलीले आफ्नो सरकारलाई समर्थन गरिरहने भनेर ढाँटेको गुनासो प्रचण्डले गरेका छन् । 

आफूले सदनमा विश्वासको मत लिएपछि संसद्‌मासशक्त भूमिका निर्वाह गर्न सबै दलहरूलाईएकठाउँमा ल्याउने प्रचण्डले बताएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्दै अन्य दलसँग पनि विश्वासको मतका लागि अपील गर्ने निर्णय गरेको पाण्डेले बताए ।

संवैधानिक व्यवस्थाअनुसार नै विश्वासको मत लिन लागेकाले त्यसपछिको अवस्थामा पनि त्यहीअनुसार सरकार बन्ने दाहालले बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कसरी अघि बढ्ने भन्नेबारे पार्टीले थप रणनीति बनाउने जानकारी पाण्डेले दिएका छन् । 

तपाईको प्रतिक्रिया