शुक्रबार २ कार्तिक २०८१
जीवनशैली

युरिक एसिड नियन्त्रण गर्न के खाने ? के नखाने ?

शनिबार श्रावण ५, २०८१/ Saturday 07-20-24

यदि कसैलाई राति सुतेर बिहान उठ्ने बेलामा विशेषगरी खुट्टा र हातका साना-साना जोर्नीमा दुख्ने, सुन्निने र रातो हुने समस्या छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ। रगतमा युरिक एसिडको मात्रा बढ्नुको साथसाथै युरिक एसिडका लक्षण देखिने अवस्थालाई गाउट अथवा बोलीचालीको भाषामा युरिक एसिड भएको भनिन्छ। युरिक एसिडको मात्रा अत्याधिक भएमा खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ र शरीरको स-साना जोर्नीमा असर गर्छ। बेलैमा रोग पत्ता लाएर उपचार नगरे शरीरमा बडेको युरिक एसिड जोर्नी बाहेक मृगौला र शरीरका अन्य भागमा जमेर बसिदिन्छ र अरु समस्याहरु देखापर्ने गर्छन्। 

विभिन्न अध्ययन अनुसन्धानले देखाए अनुसार करिब १० देखि ८० प्रतिशतमा यो रोग वंशाणुगत हुने गरेको पाइएको छ। त्यसैगरी अस्वस्थ्यकर खाना खाने, अत्याधिक मोटोपन भएका ब्यक्तिहरु, धेरै जाडरक्सिको सेवन गर्ने ब्यक्तिहरु, शारीरिक अभ्यास नगर्नेहरु, धेरै व्रत बस्नेहरु, चिनी रोगका बिरामीहरु, रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी र मृगौलाको औषधी सेवन गरिरहेकाहरुमा यो रोगको जोखिम उच्च रहेको पाइएको छ।  विशेषगरी वयस्क महिलाहरुको दाजोमा पुरुषमा यो रोग १० गुणाबढी हुनेगरेको पाइएको छ र महिनावारी बन्द भैसकेका महिलामा पनि यो रोगको सम्भावना बढी हुन्छ। 

न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनको मेटाबोलिजम भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ, जो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ। कुनै कारणले जब म्रुगौलाको पिसाब छान्ने र युरिक एसिड बाहिर फाल्ने क्षमतामा कमि आउँछ तब युरिक एसिड जोर्नीमा गएर जम्मा हुन्छ र समस्या देखाउन थाल्छ। 

युरिक एसिडको उपचार गर्दा औषधि सँगसँगै सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको के खान हुने र के खान नहुने भन्ने हो । 

 के नखाने : 
- रातो मासु, आन्द्राभुँडी, मुटु-कलेजो जसमा युरिक एसिड अत्यधिक मात्रामा हुन्छ 
- गेडाँगुडीँ, च्याउँ, काउँली, ब्रोकाउँली, कुरिलो, पालुंगोको तरकारी  
- मिठाई, सफ्ट ड्रिंक्स, आँप तथा अंगुरको जुस र अरू कृत्रिम जुसहरू
- रक्सीजन्य पदार्थहरू

 के खाने :
- गोलभेँडा, लसुन, प्याज, अमिला चिजहरू जस्तै: कागती, सुन्तला, दही 
- स्याउ, केरा, कफि, ग्रीन टी 
- अन्डा - जो प्रोटिनयुक्त खानेकुरा भएपनि युरिक एसिड बढाउँदैन
- प्रशस्त पानी पिउने र नियमित व्यायामगरी शरीरको मोटोपन घटाउने

यो कुरा बुझ्न जरुरी छ कि हामी सबैको शरीरमा युरिक एसिड हुन्छ। युरिक एसिडको मात्रा ३ देखि ७ मिलिग्राम पर डेसिलिटर भएको अवस्थालाई सामान्य मानिन्छ जो हाम्रो शरीरका लागि आवश्यक छ। जब युरिक एसिडको मात्रा ७ भन्दाबढी हुन्छ, यस्तो अवस्थालाई युरिक एसिड बढेको भनिन्छ।

तपाईको प्रतिक्रिया